Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कञ्चटमा पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिने समातिए

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७८, शनिबार
कञ्चटमा पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिने समातिए

ताप्लेजुङः पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ५ साँवाका कमल लिम्बू रहेका छन् । उनको साथबाट म्यागजिन सहितको पेस्तोल १ थान, गोली २ थान र दाप सहितको खुकुरी १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीले जानकारी दिए ।
पक्राउ परेका लिम्बूले मेरिङदेन गाउँपालिका ६ नाल्बुका २६ वर्षीय विनोद नाल्बो लिम्बूलाई कञ्चटमा पेस्तोल ताकी ज्यान मार्ने धम्की दिएर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका लिम्बूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेरिङदेन गाउँपालिका ६ बाट विहिबार पक्राउ गरेको थियो ।
विनोद नाल्बोको ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना शीर्षकमा दिएको जाहेरीका आधारमा कमललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कमलविरुद्ध ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रकाशित मिति: कार्तिक २७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend