Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मारवाडी युवाले देउसीको रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७८, शनिबार
मारवाडी युवाले देउसीको रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण

उर्लाबारीः देउसी भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको पाइएपनि मोरङ उर्लाबारीस्थित मारवाडी समाजका युवाहरुहरुले सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् ।
उनीहरुले देउसीभैलोबाट संकलित नगद २५ हजारबाट उर्लाबारी ९ मा रहेको प्रभात आधारभूत विद्यालयका सन्थाल समुदायका १९ जना विद्यार्थी र परिवारलाई न्यानो कपडा, खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले प्रत्येक सन्थाल विद्यार्थीलाई, सुइटर, टोपी, मोजा, ब्लाङ्केट, चामल, दाल, भुजा, बिस्कुट, चाउचाउ र फलफूल वितरण गरेका छन् ।
अर्काको ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेका सन्थाल परिवारको निक्कै दयनीय अवस्था रहेको र जाडोमा वर्षेनी उनीहरुका छोराछोरी कापिरहेको खबर सुनेपछि सहयोग गरेको योगेश अग्रवालले बताए । ‘देउसीभैलोको रकम मनोरञ्जनमा खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गरेर उदाहरण पेश गर्न खाजेका हौ’, मोनिका अग्रवाल भन्छिन्, आगामी दिनमा पनि यस्ता कामहरु भइरहन्छन् ।’ कार्यक्रममा बोल्दै समाजसेवी सुन्दर श्रेष्ठले उदाहरणीय काम भएको बताए ।

प्रकाशित मिति: कार्तिक २७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend