धनकुटाः धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा युवाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्याक्टरका सहचालक पाख्रिबास-७ का २४ वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले जानकारी दिए । उनी सहचालक रहेको प्रहरीले जनाएको छ । को२त १०४३ नम्बरको ट्याक्टर पाख्रिबास-८ लुम्पुवामा शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तामाङको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।
