Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुस १ गतेबाट कोरिया भाषाको परीक्षा हुने

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७८, शनिबार
पुस १ गतेबाट कोरिया भाषाको परीक्षा हुने

धरानः दक्षिण कोरियाको वैदेशिक रोजगारीमा जानको लागि दिनुपर्ने भाषा परीक्षा पुस १ देखि हुने भएको छ ।
कोरोना महामारीको कारण दक्षिण वैदेशिक रोजगारीमा कोरिया जानको लागि दिनुपर्ने भाषा परीक्षा रोकिएको हो । इपिएस कोरिया शाखाले सूचना जारी गर्दै पुस १ देखि ७ गतेसम्म परीक्षा हुने जनाएको ।
शाखाले आगामी मंसिर ६ गतेदेखि ८ गतेसम्म फाराम वितरण गर्ने भएको छ । जसमा उक्त फाराम भरेपछि परीक्षाको घोषणा मंसिर २४ गते गर्ने सुचनामा उल्लेख छ । साथै, जनवरीमा भने नतिजा प्रकाशन गर्ने शाखाले जनाएको छ । यो वर्ष कोरोना महामारीले गर्दा कम्प्यूटरमा आधारित परीक्षा हुने भएको हो ।
नेपालले सन् २०२२ को लागि परीक्षा गर्ने भएको हो । नेपालले सन् २००७ सालमा कामदार लैजाने सम्झौता भएसँगै सन् २००८ बाट भाषा परीक्षा सञ्चालन गरी कोरिया रोजगारी जाने गर्दै आएका छन् ।
तर, कोभिड २०१९ देखि भाषा परीक्षा सञ्चालन हुन सकेको छैन । २०२० का लागि सो वर्ष ९२ हजारले आवेदन दिएका थिए । उक्त आवेदन दिएकामध्ये करिब ७ हजारले उत्तीर्ण गरेका थिए ।

प्रकाशित मिति: कार्तिक २७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend