सुनसरीः सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल इटहरी उपमहानगरपालिका १७ स्थित दिदीको घरमा बस्दै आएका १४ वर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।
घरको पिलर लगाउने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट लागेर घाइते भएका तामाङको उपचारको विराट टिचिङ अस्पतालमा पुरयाउनासाथ मृत्यु भएको थियो भने तिमल्सिनाको शनिबार बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारको लागि विराट टिचिङ अस्पताल लैजार्दै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
