Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित चारजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक २८ २०७८, आइतबार
लागूऔषधसहित चारजना समातिए

धरानः उदयपुर र मोरङबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ वर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ वर्षीय विष्णु साह र सुनसरी दुहवी नगरपालिका ३ का २३ वर्षीय शिवा चौधरी रहेका छन् ।
शनिबार दिउँसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैंक लाइनबाट घिमिरे र साहलाई लागूऔषध नाइट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजासहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाइलेक्स डिसी ३ बोतल र नाइट्रोसन १०० ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भईरहेको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुवास खवास रहेका छन् । शनिबार राति ८ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend