Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर दुईजना बालकको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७८, सोमबार
सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर दुईजना बालकको मृत्यु

सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी इँट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ ।
इँट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दीपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend