Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७८, सोमबार
जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

ओखलढुंगाः ओखलढुङ्गामा जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ ।
सुनकोशी गाउँपालिका-९ काँडेभन्ज्याङ बुलडाँडामा सोमबार बिहान साढे ७ बजेतिर जीप दुर्घटना परेको थियो ।
प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ वर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी-९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकामध्ये चारजनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाण्डौ पठाइएको, तीनजनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरुलाई मिसन अस्पताल पठाइएको डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
एकादशी मेला भर्न च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको तीर्थालु बोकेको  जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ६०० मिटर तल झरेको बताए । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।
जिल्लाको सुनकोशी-९ र चम्पादेवी गाउँपालिका-९ को सीमानामा पर्ने ककनी मन्दिरमा वर्षेनी भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति: कार्तिक २९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend