बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका १० माइधार चौकनजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१च ७४१६ नम्बरको स्कारपियोले पैदलयात्री कट्वाललाई ठक्कर दिँदा उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो र चालक इलाम देउमाइ नगरपालिका ३ का ३२ वर्षीय पूर्ण खतिवडा प्रहरीपोष्ट माइधारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतकको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
