Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सेफ्टी ट्याङ्कीभित्र भेटियो पुरुषको शव

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७८, सोमबार
सेफ्टी ट्याङ्कीभित्र भेटियो पुरुषको शव

दमकः झापाको गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।
गत कार्तिक ११ गते विहान ११ बजे देखि हराएका मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएपछि हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्याङ्कीभित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए। कम्बलमा पोको पारेर सेप्टी ट्याङ्कीभित्र फालिएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य चिजबस्तुहरु बरामद गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रिस साँध्न हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend