विराटनगरः विराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गोर्खा सहिद गाउँपालिका ७ का २२ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । सोमबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाइट्राभेट २८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
