विराटनगरः मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।
स्थानीय इन्द्र दर्जीको खेत जोतिसकेपछि सडकमा निकाल्ने क्रममा को२त ८६८८ नम्बरको ट्याक्टर पल्टिएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा रंगेली–१ बस्ने वर्ष २२ का विजय हेमरन र वर्ष १५ को अविनाश मरण्डी रहेका छन् । ट्याक्टर पल्टिँदा गम्भीर बनेका उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक वर्ष २७ को आइतबार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।