Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ समातिए

हाम्रो कोशी आवाज
कार्तिक ३० २०७८, मंगलबार
चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ समातिए

इलामः इलाम सन्दकपुर गाउँपालिका १, चाँपगैरीका ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
बेलुका राति ७ बजे काका मानबहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनले दाजु ३५ वर्षीय इच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बन्दुके र अस्थायी प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटेर चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ३० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend