Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौंबाट आएको ‘नाइट बस’ को ठक्करले बेलबारीका बालकको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ३० २०७८, मंगलबार
काठमाडौंबाट आएको ‘नाइट बस’ को ठक्करले बेलबारीका बालकको मृत्यु

बेलबारी: पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक नविनराज राईका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ वर्षीय छोरा विवश आचार्य रहेका छन् ।
प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौंबाट आएको नाइट बसले बालक आमासँग बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको लागि पथरी अस्पतालमा पुरयाउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
दुर्घटना गराई फरार रहेको बसलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ६ का ३४ वर्षीय शम्भु थापासहितलाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ३० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend