Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमतीको हत्या

हाम्रो कोशी आवाज
मंसिर १ २०७८, बुधबार
श्रीमतीको हत्या

धरानः उदयपुरमा धारिलो हतियार प्रयोग गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
राईले श्रीमती ५६ वर्षीया चतुरमाया राईलाई मंगलबार राति साढे ११ बजे बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।

प्रकाशित मिति: मंसिर १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend