Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-इटहरी सडक खण्डमा दुर्घटना

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
धरान-इटहरी सडक खण्डमा दुर्घटना

धरानः कोशी राजमार्गअन्तर्गत धरान-इटहरी सडक खण्डको सेउती पुलनजिक दुर्घटना हुँदा एकजना नायव निरीक्षक (सई)को मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका सई सन्तोष बस्नेतको दुर्घटनामा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बनेका बस्नेतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी स्थायी घर सोलुखुम्बुको दूधकोशी गाउँपालिका १ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत थिए । प्रवक्ता एवम् डिएपी सुमन तिम्सिनाले दिएको जानकारी अनुसार बुधबार राति साढे ८ जेतिर सेउतीपुल नजिकै चारकोशेमा को१ब२४३ड नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सेउतीस्थित कोशी राजमार्गमा दक्षिणतर्फ जाँदै गरेको सो मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । सो मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend