Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा १८० केजी गाँजासहित समातिए

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
सुनसरीमा १८० केजी गाँजासहित समातिए

सुनसरीः सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट ठूलो परिणामको गाँजासहित एकजना पक्राउ परेका छन् ।
बुधबार दिउँसो देवानगञ्जस्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश १–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा सो ट्याक्टरमा १८० केजी लागूऔषध गाँजा फेला परेको थियो ।
चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने सो ट्याक्टरलाई को२९प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगञ्ज गाउँपालिका–५ का २५ वर्षीय सन्तोषकुमार मेहता पक्राउ परेको हुन् । फरार भएका चालकको खोजतलास भइरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend