Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मदन राई कारागार चलान

हाम्रो कोशी आवाज
मंसिर २ २०७८, बिहिबार
धरान-१६ मदन राई कारागार चलान

धरानः बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१६ का ५२ वर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएतापनि हालसम्म फरार रहँदै आएका राईलाई प्रादेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उच्च अदालत विराटनगरको २०७८-०१-१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएको थियो ।

प्रकाशित मिति: मंसिर २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend