बिर्तामोडः झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरिएको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ वर्षीय अभिसेक राजवंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ ।
ब्राउन सुगर बरामद भएपश्चात् उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । यसैगरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले बसपार्कमा एक होटल सञ्चालिका ताप्लेजुङ श्रीजङ्गा गाउँपालिका ३ की २० वर्षीया अनिषा भट्टराई र इलाम इलाम नगरपालिका ६ का २८ वर्षीय मनिष राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलिग्राम बरामद गरिएको छ । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।