बिर्तामोडः झापाको मेचीनगर नगरपालिका ६ फाइरिङ चोकस्थितमा अटो टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् । पूर्वतर्फ आउँदै गरेको मे१ह ६४५० नम्बरको अटो टेम्पो ले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार राति ९ बजे मृत्यु भएको थियो ।
अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।