Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालिका बलात्कार गर्ने भारतीय युवा समातिए

हाम्रो कोशी आवाज
मंसिर ६ २०७८, सोमबार
बालिका बलात्कार गर्ने भारतीय युवा समातिए

विराटनगरः मोरङमा ४ वर्षीया बालिकालाई बलात्कार गर्ने भारतीय युवा पक्राउ परेका छन् ।
भारतको अररिया जिल्ला घर भई आफन्तको घर जहदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरबाट केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दीपक श्रेष्ठले बताए ।
पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताए । पीडित बालिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend