Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बल्ल समातिए अजित

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
सुनसरीमा बल्ल समातिए अजित

सुनसरीः सुनसरीमा अपराध गरी भाग्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाका मुद्दामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालीन चाँदबेला–१ (हालः इनरुवा-७) बस्ने अजित मियाँ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियाँलगायतका ३ जनाको समूहले २०६८ सालमा रामधुनी-५ निवासी जैयसकुमार साहको घरमा डाँका गरेका थिए । जिल्ला अदालत सुनसरीको २०७५।३।११ गतेको फैसलाबाट सो घटनामा संलग्न तीनैजनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवाना फैसला भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए । उनी पक्राउ परेपछि ‘अपराध गरेपछि उन्मुक्ति पाउन सकिँदैन, जति भागेपनि जति लुकेपनि कानुनको नजरमा लुक्न सकिँदैन, उसको नाममा कायम भएको अभिलेख मेटिँदैन’ भन्ने सन्देश दिएको एसपी थापाले बताए । उनका अनुसार सुनसरीमा अहिले यस्तो अभियान नै चलेको छ ।
मियाँले बनाए मृत्यु दर्ता प्रमाणपत्र
उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
‘प्रहरीले पक्राउका लागि गरेको कोसिसका बाबजुद उम्किँदै आएका उनी ‘अजितको मृत्यु भइसकेको छ, ऊ फटाहा नै थियो, आफू भने अजितको भाइ अजिज हुँ’ भन्ने भ्रम छरेर जोगिँदै आएका थिए,’ एसपी थापाले भने, ‘सो घटनाका पीडित तथा अर्का प्रतिवादी लुचाई शर्मा खत्वेले (फैसला बमोजिमको कैद तथा जरिवाना भुक्तान गरिसकेका) निज अजिज नभई अजित नै हो र ऊ पनि सो डाँका घटनामा संलग्न थियो भनी सनाखत गरिदिएका थिए ।’

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend