Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा एकैदिन ४२ जनासहित ५६५ जना फरार प्रतिवादी समातिए

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
सुनसरीमा एकैदिन ४२ जनासहित ५६५ जना फरार प्रतिवादी समातिए

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलबार एकैदिनमा ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरेको छ । अदालतबाट विभिन्न मितिमा, विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएतापनि फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
ती फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९ सय ६ रुपैयाँ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend