Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बगरकोटमा करोडको लागतमा बन्दै गरेको गुम्बालाई सहयोग

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
धरानको बगरकोटमा करोडको लागतमा बन्दै गरेको गुम्बालाई सहयोग

धरानः धरान–१५ बगरकोटमा निर्माणाधीन रहेको गुम्बालाई सहयोग प्राप्त भएको छ ।
निर्माणाधीन रहेको क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई च्याम्ताङ काठमाडौं कल्याण समाजले ५० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजले हालै बैठकबाट विनियोजन गरेको सहयोग बुधबार धरानमा गुम्बा परिसरमा हस्तान्तरण गरिएको छ ।
काठमाडौबाट धरान आइपुगेका समाज प्रतिनिधिहरु अध्यक्ष पिम्बा सेच्या, कर्मा भोटिया, छिरिङरिदर भोटे रिन्जिन भोटेले गुम्बाका अध्यक्ष बम्बु नुप्पासहित हिमाली शिङ्साबा भोटिया समाज धरानका अध्यक्ष छ्जुङ लामालाई हस्तान्तरण गरे ।
संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोला च्याम्ताङ (दम्दाङ) बाट आएर हाल काठमाडौमा २७ घर बसोबास गरिरहेका छन् । सोही क्षेत्रबाट सुनसरी, मोरङ र झापामा रहेकाहरु धरानमा समाज गठन भई धरान–१५ बगरकोटमा एक करोडको लागतमा गुम्बा निर्माण कार्य थालनी भएको छ । हालसम्म गुम्बालाई विभिन्न ब्यक्ति, संघसंस्था, गुम्बा विकास समिति, सांसद विकास कोष लगायतबाट सहयोग उपलब्ध भएको छ । हालसम्म करिब ३० लाख बराबर रकमले निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend