धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ ।
धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ४०० मत गन्दा सुजेन्द्र तामाङले २६१ र उनका प्रतिद्वन्द्वी लक्ष्मी खतिवडाले १३३ मत ल्याएकी छिन् ।
तामाङ प्यानलका सचिव महेन्द्र प्रधान २४७ र केशव पुरी २१४ मत
खतिवडा प्यानलका सचिव उम्मेदवार देवेन्द्र लिम्बू १८१ र जयबहादुर लिम्बू १०७ मत
सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपाने २५१ र सुमित राई २६२ मत
खतिवडा प्यानलका उम्मेदवारद्वय नविन ढकाल ९७ र नादर राई १२५ मत