Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मतगणना नसकिँदै सुजेन्द्र तामाङको स्वतः जीत

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
मतगणना नसकिँदै सुजेन्द्र तामाङको स्वतः जीत

धरानः अहिले पनि धरानमा मतगणना जारी छ । धरान-८ सभागृहमा अहिले पनि मतगणना भइरहेको छ । अन्तिम मत परिणाम अझै आउन केहीबेर लाग्नेछ ।
मतगणना नसकिँदै नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ विजयी बनेका छन् ।
मतदान अधिकृत इन्द्रमोहन झाका अनुसार १४ औं महाधिवेशनमा ६३२ जनामध्ये ६१९ मत खसेको थियो । जसमध्ये ५०० मत गणना हुँदा सभापति पदमा तामाङले ३२३ मत प्राप्त गरेका छन् । यो कुल मतदाताको बहुमत हो । उनले ३२३ मत प्राप्त गर्दा अर्की उम्मेद्वार लक्ष्मी खतिवडाले १७० मत पाएकी छिन् । अब ११९ मत गणना हुन बाँकी छ ।
हालसम्मको मत परिणामअनुसार अन्य पदमा पनि उनीनिकटका प्यानलकै अग्रता अग्रता छ ।

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend