Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका तीन युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
धरानका तीन युवा लागूऔषधसहित समातिए

धरानः धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा सोही स्थानका २४ वर्षीय दीपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।
शुक्रबार राति ८ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नाइट्रोजन ७० ट्याब्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेसिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका नरेन्द्र कुँवरले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० वर्षीय सञ्जय लामा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउनसुगर ९ ग्राम २० मिलीग्रामसहित पक्राउ गरेको थियो । पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend