Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीमा हाम फालेका पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
कोशीमा हाम फालेका पुरुषको मृत्यु

सुनसरीः सप्तकोशी नदीमा हाम फालेका एकजनाको मृत्यु भएको छ ।
शनिबार हाम फालेका स्वास्थ्यकर्मी समेत रहेका झापाको दमक नगरपालिका–६ का सुवास नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी उनी कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका थिए ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको जानकारी दिए । स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा कार्यरत थिए ।  उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend