Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी आए

हाम्रो कोशी आवाज
मंसिर १३ २०७८, सोमबार
कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी आए

धरानः नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी बनेका छन् ।
यसअघि उनी सचिव थिए । उनी संस्थापनइतरका हुन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले संस्थापन प्यानलका उम्मेदवार सञ्जयकुमार श्रेष्ठलाई पराजित गरेका छन् ।
२६ सय २६ मतमध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत पाएका थिए ।
यस्तै, उपसभापतिमा नगेशचन्द्र राई, पंकजकुमार महतो विजयी बने भने । माववबहादुर घिसिङ र वीरेन्द्रकुमार शाह सचिवमा विजयी बने । यस्तै, सहसचिवमा गणेश सुब्बा, मनिष सुब्बा निर्वाचित बने । अपाङ्ग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद शाह, देवेन्द्र पौडेल निर्वाचित बने ।
पेशाले अधिवक्ता समेत रहेका भण्डारी नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष र सुनसरी बारको अध्यक्षको भुमिका समेत निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति: मंसिर १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend