विराटनगरः मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरियाका २१ वर्षीय निरन्जनकुमार सिंह रहेका छन् ।
सोमबार बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाइते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुरयाउँदा साढे १२ बजे चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।
यसैबीच भोजपुर साल्पासिलिछो गाउँपालिका ६ ढाडेगाउँ का ६७ वर्षीय खड्गबहादुर राईको भीरबाट लडेर मृत्यु भएको छ ।
भकिम्लो टिप्न गएको राई घर नफर्किदा सोमबार बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।