Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आहा ! पूर्वको झुल्केघाम

हाम्रो कोशी आवाज
मंसिर १५ २०७८, बुधबार
आहा ! पूर्वको झुल्केघाम

धरानः आहा ! इलामको श्रीअन्तुबाट देखिने त्यो रमाइलो झुल्केघाम धरान मेघा कलेजकी बिबिएस सङ्कायमा अध्ययनरत् रहेकी र त्यहाँ पुगेकी विद्यार्थी स्वेता भुजेलले भनिन् ।
उनले भनिन्, ‘सुनेको मात्रै हो तर साँच्चिकै सुन्दर देखिने रहेछ झुल्केघाम । श्रीअन्तु डाँडा सूर्योदय नगरपालिका ५ मा रहेको मनमोहक स्थान हो, जहाँबाट सूर्य झुल्किएको हेर्न सकिन्छ । उनी मात्रै होइन इटहरी–२० तरहराकी रुपा लिम्बूले पनि झुल्केघाम हेरेर मजा लिइन् । भनिन्, ‘आहा श्रीअन्तुको झुल्केघाम ।’
यस्तै, धरानस्थित इमानुएल स्कुलका प्रिन्सिपल, सञ्चालक प्रभाष राजवंशीले झुल्केघाम हेर्नुको मज्जै बेग्लै रहेको बताए । धरानस्थित ठाउँठाउँमा बनाइएका होमस्टे, अर्गानिक खानाले पर्यटक लोभ्याउने । त्यस्तै, स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्रीअन्तुका प्रमुख विशेषता रहेको स्थानीय होमस्टेका सञ्चालक व्यवसायी बुद्ध मगरले बताए ।
अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।
कोरोनाका कारण बन्द रहेको सो ठाउँ असोजदेखि सञ्चालनमा आएको हो । अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आवागमन ह्वात्तै बढेको उनी बताउँछन् ।
यहाँ दैनिक पाँच सयदेखि १५ सयसम्म पर्यटक झुल्के घाम हेर्न आउने उनले जानकारी दिए । श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले पनि यहाँ पर्यटक ओरिने गरेको स्थानीयबासी बताउँछन् ।
हराभरा चियाबारी, अन्तु पोखरी, लोपोन्मुख लेप्चा जातिको संस्कृति, कञ्चनजंघालगायत हिमशृंखला तथा नेपाल र भारतका विभिन्न स्थानको दृश्यावलोकनले पनि अन्तु आउनेलाई आनन्दित तुल्याउने गर्छ ।
‘यहाँ आएका आगन्तुक धीत मारेर रमाउन चाहन्छन्’ व्यवसायी लामिडाँडा होमस्टेका सञ्चालिका रेवती मगरले भनिन् । उनले यहाँ सञ्चालित होमस्टे पनि भरिभराउ हुने गरेको बताइन् । उनका अनुसार यहाँ करिब ३ सय होमस्टे छन्, जसमा दुईवटा सामुदायिक होमस्टे पनि सञ्चालित छन् । अन्तुमा मुख्यगरी आन्तरिक पर्यटककै बढीजसो ओइरो लाग्ने गरेको उनले बताइन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: मंसिर १५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend