Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पानबारीमा बैंकको एटिएम सेवा शुरु

हाम्रो कोशी आवाज
मंसिर १६ २०७८, बिहिबार
धरानको पानबारीमा बैंकको एटिएम सेवा शुरु

धरानः धरान-६ स्थित पानबारीमा एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो ।
२०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानबारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्यअनुरुप पानबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेषगरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिँदै आएको छ ।
‘क’ वर्गको बैंक पानबारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानबारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम बैंकका शाखा सञ्चालनमा छन् ।

प्रकाशित मिति: मंसिर १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend