Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुलेको इलामको सौन्दर्य

हाम्रो कोशी आवाज
मंसिर १८ २०७८, शनिबार
खुलेको इलामको सौन्दर्य

धरानः इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । मौसम खुलेदेखि इलामका कन्यामलगायत अन्य ठाउँको सौन्दर्य पनि चम्केको छ । सौन्दर्य चम्केसँगै पर्यटकको ओइरो लाग्न थालेको छ ।
अहिले त्यहाँ पिकनिक खाने र त्यहाँको सौन्दर्यसँग रमाउने बढ्न थालेका छन् । अहिले इलामका विभिन्न स्थानहरु (कन्याम, फिक्कल, करफोक, इलामबजार, श्रीअन्तु, माइपोखरी, गजुरमुखी, ऐतिहासिक चिया बगान, पशुपतिनगर) घुम्न आउनेले भरिभराउ छन् ।
जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरू सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । पर्यटकको बाक्लो नै उपस्थितिले होमस्टे र होटल पनि भरिभराउ भएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले अहिले इलामका अधिकांश होटल पर्यटकले भरिभराउ बताए ।
सूर्योदय नगरपालिकाका कर्मचारी बालकृष्ण गिरीले कन्याममा वनभोज र भ्रमणमा आएका पर्यटकले अझ बढी भरिभराउ भएको जानकारी दिए ।
विशेषतः असोजदेखि वैशाखसम्म त्यहाँ पर्यटकले भरिभराउ हुने गरेको व्यवसायी बताउँछन् । इलामको पर्यटकीयस्थल कन्याम अहिले खचाखच छ । कन्याममा रहेका १ सय व्यावसायिक ट्रली, ठेला सञ्चालनमा रहेपछि व्यवसाय लयमा फर्किएको व्यवसायी गोपाल गिरीले जानकारी दिए ।

पर्यटकको स्वागत सत्कारका लागि स्थानीय व्यापारी पनि व्यस्त छन् । घोडचढीमा रमाउने पर्यटकका लागि बाटामा घोडा देखिन थालेका छन् । विभिन्न समुदायको पोशाक लगाएर कन्याम यात्रालाई स्मरणीय बनाउने पनि उत्तिकै छन् । यस्तै, पसलमा खुर्सानी, छुर्पी, ललिपपले पर्यटकको ध्यान तानेको छ । कन्याममा डुल्न आउनेको भीड बढिरहेको परम्परागत वस्त्र भाडा व्यवसायी उर्मिला मगरले बताउँछिन् । उनले लिम्बू, राई, मगर, तामाङ, गुरुङ, शेर्पा जातिले लगाउने बस्त्रमा पर्यटक रमाउने गरेको बताइन् । यस्तो वस्त्र लगाएर सामाजिक सञ्जाल टिकटक बनाउनेको भीड पनि उत्तिकै छ । स्थानीय व्यापारी अभिषेक गिरीले पर्यटकको चहलपहलले व्यवसायी उत्साहित बनेको बताए ।
कसरी पुग्ने इलाम ?
झापाबाट साढे एक घण्टाको ट्याक्सी यात्रामा कन्याम पुग्न सकिन्छ त्यसपछि २०–२५ मिनेटको फरकमा अन्य गन्तव्य । भारतको दार्जिलिङबाट पनि सवा एकघण्टामा कन्याम आइपुगिन्छ । काठमाडौंबाट यात्रा गर्ने भने हो भने झापासम्मको दीवा वा रात्रिबस उपलब्ध छ । विमानबाट जाने हो भने काठमाडौंबाट झापाको चन्द्रगढी हुँदै एक दिनमै पुगेर घुम्न भ्याइन्छ । बस्नका लागि लज वा होटलको चिन्ता गर्नु पर्दैन । कन्यामका होटेल त्यति महङ्गा छैनन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: मंसिर १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend