Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बसको ठक्करले युवाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १९ २०७८, आइतबार
सुनसरीमा बसको ठक्करले युवाको मृत्यु

धरानः सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यस्तै, बसमा सवार २० जना घाइते समेत भएका छन् ।
दुर्घटनामा सिरहा धनगढी-८ का २५ वर्षीय जीवस यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसका सहचालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend