Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिट गरी श्रीमतीको हत्या

हाम्रो कोशी आवाज
मंसिर १९ २०७८, आइतबार
कुटपिट गरी श्रीमतीको हत्या

दमकः दमकमा एक पुरुषले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् ।
झापाको दमक नगरपालिका १० की ४९ वर्षीया घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
कुटपिट गर्दा श्रीमतीको मृत्यु भएपछि उनलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । गत मङ्सिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन् ।
उनको विराटनगरको नोवेल अस्पतामा उपचारको लागि लगिएको केही समयको उपचारपछि डाक्टरको सल्लाहअनुसार उपचार हुन नसकी घर फर्किने क्रममा गत शुक्रबार राति ७ बजे मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश १ पहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend