सुनसरीः सुनसरी र मोरङका दुई छुट्टाछुटै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे–२ का २४ वर्षीय राजु मोते भन्ने विवेक मोते विराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाइजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुलसहित पक्राउ परेका हुन् ।
यसैगरी दुहवी सिआरभीबाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ वर्षीयकिरण थापा मगर र सोही स्थानका ३१ वर्षीय रामकुमार यक्चोलाई एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुलसहित दुहबीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।