बिर्तामोडः झापा मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेका छन् ।
सोमबार राति पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेऊमा रोकी राखेको को१त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे९प ६००३ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।