Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुईवटा मोटरसाइकल चोर्ने तीनजना युवा समातिए

हाम्रो कोशी आवाज
मंसिर २१ २०७८, मंगलबार
दुईवटा मोटरसाइकल चोर्ने तीनजना युवा समातिए

बिर्तामोडः झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१ का २१ वर्षीय आशिष सुब्बा, सूर्योदय–८ का २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २६ वर्षीय रञ्जीत राजवंशी रहेका छन् ।
झापा जिल्लामा मोटरसाइकल चोरीको घटना वृद्धि भएपश्चात् इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुको साथबाट चोरी भएको मे६प २५०५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल र मे११प ९७३५ नम्बरको १५० सिसीको एफजेट मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend