Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अफिमसहित समातिएका युवा सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर २१ २०७८, मंगलबार
अफिमसहित समातिएका युवा सार्वजनिक

बिर्तामोडः झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा लागूऔषध अफिमसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत फ्रोजपुरका २५ वर्षीय केयर सिंह र भारत मौगाका २५ वर्षीय सुखजित सिंह रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिमसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend