Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित समातिएका युवा सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर २१ २०७८, मंगलबार
ब्राउनसुगरसहित समातिएका युवा सार्वजनिक

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–३ नमुना टोलमा दुईजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा उर्लाबारी–३ का २६ वर्षीय बाबुराम थारु र ३१ वर्षीय सन्तोष तामाङ रहेका छन् । मङ्गलबार बिहान १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर १ ग्राम १७० मिलीग्रामसहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend