विराटनगरः सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु र १ जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थितमा बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश नम्बर १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कर्ण सुन्दास, त्रियुगा–१३ राई चौकका चालक २९ वर्षीय वीरेन राई समेत घाईते भई उपचारको लागि न्यूरो हस्पिटल विराटनगर पठाइएकोमा उपचारको क्रममा सुन्दासको बिहान २ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत नविनराज राईले जानकारी दिए ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–२ लौकहरीस्थित मधुवन सडक खण्डमा को२त ९९६७ नम्बरको ट्रयाक्टरले को३६प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षीय मनोज यादव घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक कोशी गाँउपालिका–२ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।