Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी मञ्जु भण्डारीले केन्द्रीय सदस्यमा जितेपछि एमालेको कार्यक्रम

हाम्रो कोशी आवाज
मंसिर २२ २०७८, बुधबार
धरानकी मञ्जु भण्डारीले केन्द्रीय सदस्यमा जितेपछि एमालेको कार्यक्रम

धरानः धरानमा नेकपा एमालेले बधाई, शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
धरान–८ स्थित बराह कम्प्लेक्सको हलमा धरान उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मञ्जु भण्डारी (सुवेदी) ले १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा जितेर आइसकेपछि यस्तो कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रम नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ सुनसरीले आयोजना गरेको हो । आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय भण्डारीले १० औं महाधिवेशनपछि एमालेमा गुटउपगुट सक्किइसकेको बताइन् । ‘१० औं महाधिवेशन पछि गुटउपगुट सबै सक्किइसकेको छ’, उनले भनिन्, ‘त्यही भएर अब एमाले एकताबद्ध भएर अघि बढ्छ र चुनावमा सहजै जीत हासिल गर्छ ।’ उनले चुनाव जित्नका लागि अब एमाले टोल टोलमा पार्टी तथा संगठन विस्तार अभियानमा लाग्नुपर्ने समेत बताइन् ।
कार्यक्रममा नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ सुनसरीका संयोजक मिनकुमार सुब्बा, १ नम्बर प्रदेश सदस्य विजय राई, मुरारी सुवेदी, मोतीराज सुनुवार, नुलम राईलगायतले शुभकामना तथा बधाई दिएका थिए । कार्यक्रममा सहभागी एमालेका नेता तथा कार्यकर्ताले समेत खदा तथा माला लगाइदिएर बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य विजयले नेपालले समाजवाद चाहेको धारणा राखे । उनले आर्थिक स्थिति उकासी देशलाई समृद्धितर्फ लैजान सक्ने पार्टी एमाले भएको पनि बताए । उनले आउँदो स्थानीय चुनावमा एमालेले विजय हासिल गराउन आफूहरु दत्तचित्त भएर लाग्ने बताए ।
कार्यक्रममा मुरारी, मोतीराज, लगायतले पनि बोलेका थिए । कार्यक्रममा कृष्ण श्रेष्ठ, हर्कबहादुर कटवाल, हरिहरप्यारा श्रेष्ठ, दलबहादुर छाया, शयामबहादुर कटवाल, बिहार पोख्रेल वसन्त पाख्रिन, भीमबहादुर गोले, नेत्रबहादुर आचार्यलगायत ३६ जनालाई सम्मान गरिएको थियो ।
मिनकुमार सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा डिवी शाह शंकरलगायतका नेता–कार्यकर्ताहरुको उपस्थिति थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज र अंकित ढुंगाना

प्रकाशित मिति: मंसिर २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend