Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ का दुईजना लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
मंसिर २३ २०७८, बिहिबार
धरान-१६ का दुईजना लागूऔषधसहित समातिए

विराटनगरः अहिले प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई दिनहुँजसो पक्राउ गर्न थालेको छ ।
यसै क्रममा धरान–१६ का दुईजना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपलिका–१६ का ३२ वर्षीय आशिष विक र ३० वर्षीय सञ्जोग गजमेर रहेका छन् ।
बुधबार बेलुका सवा ५ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लुपिजेसिक २८ एम्पुल, डाइजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बेलुका ६ बजे बसपार्क एरियाबाट इलाम नगरपालिका–१० का ३६ वर्षीय विराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
यसैगरी बुद्धशान्ति गाउँपालिका–३ बाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका–११ संखुवासभाका ३० वर्षीय दीपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका–४ की १९ वर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्रामसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंसिर २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend