बिर्तामोडः झापा बुद्धशान्ति गाउँपालिका–३ स्थित बुद्धचोकबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका–३ का २५ वर्षीय पासाङ तामाङ रहेका छन् । गत मंसिर २१ गते राति इलामको रोङ गाउँपालिका–३ कुटिडाँडाका रोहित राईको घरको आँगनबाट मे९प ५२१० नम्बरको कालो रङको १५० सिसी पल्सर मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ खोजतलास गर्दै जाँदा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।