Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा शिक्षक र युवाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २३ २०७८, बिहिबार
मोटरसाइकल दुर्घटनामा शिक्षक र युवाको मृत्यु

धरानः उदयपुरमा दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिकाको सातधारे र हात्तीसारमा भएको सडक दुर्घटनामा परी सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । चौदण्डीगढी–३ हात्तीसारमा मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीय ओम विकको मृत्यु भएको उनले जानकारी दिए ।
सो दुर्घटनामा एकजना गम्भीर घाइते समेत भएका छन् । उनको पछाडि सवार २५ वर्षीय विजय घतानी घाइते बनेको प्रहरीले जनाएको छ । विक सवार प्र २– ०३–००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।
घतानीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, चौदण्डीगढी नगरपालिका वडा नम्बर– ६ बेल्टारका ३५ वर्षीय शिक्षक उमेश राईको पनि मोटरसाईकल दुर्घटनामै परी मृत्यु भएको छ ।
उनको चौदण्डीगढी नगर अस्पताल बेल्टारमा उपचार हुँदाहुँदै चिकित्सकले मृत घोषणा गरेका थिए । उनी सवार स१०प ३१३३ नम्बरको मोटरसाइकल बेल्टारबाट सातधारे आउँदै गर्दा मदन भण्डारी लोकमार्गतअन्तर्गत सातधारेनजिक अनियन्त्रित भएर पल्टिएको थियो ।

प्रकाशित मिति: मंसिर २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend