Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बुढीगंगा–२ टंकी सिनुवारी चौकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०४–००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठक्कर खाई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक उर्लाबारी–४ बस्ने वर्ष २६ को सुरज खनाल गम्भीर घाइते बनेका थिए । उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर–११ रामपुर नहर चौकस्थित भित्री पक्की सडक खण्डमा पूर्व–पश्चिमतर्फ जाँदै गरेको साइकललाई ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
सोही दिशातर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले ओभरटेक गर्ने क्रममा साइकललाइ ठक्कर दिई सवारी दुर्घटना हुँदा साइकल यात्री वर्ष ३४ को मुन्ना सहनी गम्भीर घाइते बनेका थिए । उनको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend