Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई आफैले खाना पकाएर खुवाए

हाम्रो कोशी आवाज
मंसिर २४ २०७८, शुक्रबार
धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई आफैले खाना पकाएर खुवाए

धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई आफैले खाना पकाएर खुवाए
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई खाना खुवाएका छन् ।
उनीहरुले आफैले पकाएर खाना खुवाउँदा धरान-१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रका वृद्धवृद्धा, बालबालिकाले विद्यार्थीले बनाएको खाना स्वादिष्ट भन्दै स्वाद मानीमानी खाना खाएका थिए ।
एकेडेमीका सक्रिय बाल क्लबको समन्वय, विद्यालयको सहयोग साथै धरान-१२ वडा कार्यालयको सहयोगमा उनीहरुलाई खाना खुवाउने कार्यक्रम राखिएको बाल क्लबका अध्यक्ष रोसन राईले जानकारी दिए । उनले आफू स्कुलबाट घर फर्किँदा गृहका असहायलाई देखेको र सहयोग गर्ने भावना जागेपछि क्लबको मासिक बैठकमा प्रस्ताव गरी सबै सदस्यहरुले निर्णय गरी बाल क्लबको समन्वय र सक्रियताले यस्तो सामाजिक कार्य गर्न पाएको बताए ।
कार्यक्रममा प्रमख अतिथि धरान-१२ की महिला सदस्य चुन्नु थापा मगर रहेकी थिइन् । उनले पुनस्थापना गृहमा स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिन् । कार्यक्रममा गृहका संस्थापक तथा सञ्चालक भीम राईले आफूहरुलाई उपमहानगरपालिकाबाट कुनै सहयोग प्राप्त नभएको गुनासो समेत पोखे । उनले यस्तै सामाजिक संघसंस्था आदिको सहयोगबाट गृहमा आश्रित २७ जना वृद्धवृद्धा, असहाय, बालबालिकालाई लालनपालन गर्दै आएको बताए ।
सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले विद्यार्थीहरुले यसअघि पनि बाल हिंसा, बाल अधिकारको कुरालगायन सामाजिक कार्यमा सुनाखरीको बाल क्लबले सक्रियता देखाउँदै आएको जानकारी दिए । कार्यक्रममा प्लस टु कोअर्डिनेटर टपकुमार राई, अध्यापक आनन्द सुब्बा, रेश्मा तामाङलगायतको उपस्थिति रहेको थियो ।
तस्वीरहरुः अंकित

प्रकाशित मिति: मंसिर २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend