बेलबारीः मोरङको बेलबारी–८ स्कुल राइरझारमा ट्रयाक्टर-मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय डम्बर थापा रहेका छन् । शुक्रबार बेलुका ७ बजे साइडमा रोकिराखेको प्र१–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को५प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक थापाको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
मोटरसाइकल पछाडि सवार सोही स्थानका २६ वर्षीय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।