Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरात राई यायोक्खा सुनसरीमा धरानका राजेन्द्र राई आए

हाम्रो कोशी आवाज
मंसिर २५ २०७८, शनिबार
किरात राई यायोक्खा सुनसरीमा धरानका राजेन्द्र राई आए

धरानः किरात राई यायोक्खा सुनसरीमा राजेन्द्र राई निर्वाचित बनेका छन् ।
यायोक्खाको ९ औं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि निर्वाचन नै भएको थियो । निर्वाचनबाट हिन्दूहाङ राईलाई हराउँदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राजेन्द्रले ५५ मत ल्याएका छन् भने हिन्दूहाङले ४५ मत पाए ।
अध्यक्षबाहेकका अन्य पदाधिकारी सर्वसम्मत चयन भएको थियो । समितिको उपाध्यक्षमा सुवित्रा राई र चन्द्रकला राई, सचिवमा नविन राई चयन भएका छन् । यस्तै, सहसचिवमा शम्भु राई पृथक, रमेश राई रोदुङ र यलमहाङ राई सर्वसम्मत चयन भएका छन् ।
कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ, सहकोषाध्यक्षमा मेनका राई चयन भइन् । यस्तै, सदस्यहरुमा दुर्गाकुमारी राई, सविता राई, इन्दिरा राई, चन्द्र बान्तवा राई, गोपाल राई, चन्द्रकुमार राई, महेश राई, शिवकुमार राई, तेज बान्तवा राई, क्षितिज राई, केशव राई, शरण पुमा राई, मोहन छिलिङ राई, महेन्द्रभक्त राई, विकास राई, कमला राई चयन भएका थिए । यसअघि शुक्रबार अधिवेशनको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: मंसिर २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend