Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन

हाम्रो कोशी आवाज
मंसिर २५ २०७८, शनिबार
दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन

इलामः पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ ।
हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राइले भने, “अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप गरिएको छ ।”
प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको रु ५० शुल्क लिइने छ । डुङगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंसिर २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend